पोखरा महानगरपालिका वडा नम्बर ८ मिलन पथ बस्दै आएका गोरखाका मिलन गुरुङ ड्रग्ससहित पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले वैशाख १७ गते गोरखा चुमनुब्री स्थायी घर भएका मिलनलाई २७० एम्पुल लागूऔषधसहित पक्राउ गरेको हो ।
पक्राउ परेका २५ वर्षीय मिलनको कोठाबाट लागू औषध डाईजापाम ९० एम्पुल, फेनारगन ९० एम्पुल र नुर्फिन ९० एम्पुल गरी जम्मा २७० एम्पुल लागू औषध र मोवाईल १ थान बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
उनीमाथि कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।














