काठमाडौं ।
प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै नेपाल बार एशोसिएशनले तेस्रो दिन पनि विरोध प्रदर्शन गरेको छ ।
मंगलबार पनि नेपाल बारले संवैधानिक परिषद्लाई प्रधानन्यायाधीश नियुक्तिका लागि दबाब दिँदै बिरोध प्रदर्शन गरको हो ।प्रदर्शनका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले अविलम्व प्रधानन्यायाधीश नियुक्ति नभए थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिए ।
‘बार एशोसिएसनका ९० वटै बार युनिटमा आज कार्यक्रम भएको छ, तेस्रो दिन हो, एक हप्तासम्म जारी हुनेछ । त्यसपछि पनि समाधान आउन सकेन भने एक हप्तापछि पुनः नयाँ किसिमको आन्दोलन सुरु गर्नेछ।’













