दार्चुलामा हिमपहिरो, यार्सा टिप्न गएकाहरु पुरिएको आशंका

केन्द्रभाग मिडिया

फाइल तस्बिर

काठमाडौं।

दार्चुलाको ब्याँस गाउँपालिका १ बोलिनमा हिमपहिरो गएको छ ।

मंगलबार दिउँसो २ बजेर ४५ मिनेटमा गएको हिमपहिरोमा परी यार्सागुम्बा टिप्न गएका सर्वसाधारण पुरिएको हुन सक्ने आशंका गरिएको छ । बोलिनमा यार्सागुम्बा टिप्न गएका ८/९ जना त्रिपाल टाँगेर बसेको बताइएको छ । हिमपहिरोले उनीहरु पुरिएको हुन सक्ने आशंका गरिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएपी शैलेन्द्र थापाले जानकारी दिए ।

हिम पहिरो गएको क्षेत्रमा सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङरुबाट डीएसपीको कमाण्डमा ३० जनाको टोली जाँदै गरेको उनले बताए ।

  • १९ बैशाख २०८०, मंगलवार १६:३१ प्रकाशित