राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालकको निधन भएको छ। घरको छतबाट खसेर घाइते भएका चालक दिलबहादुर थापाको मंगलबार मेडिसिटी अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।
अस्पताल स्रोतका अनुसार दिउँसो २ बजेतिर उनको मृत्यु भएको हो ।आफन्तले उनको शव अस्पतालबाट लिएर गइसकेका छन्।
वैशाख ४ गते उपनिर्वाचनका लागि चितवन गएका बेला थापा भरतपुरस्थित लामिछानेको घरको छतबाट खसेका थिए।













