१३ संक्रमितको मृत्यु , थपिए ६६२ संक्रमित

केन्द्रभाग मिडिया

काठमाडौ‌ं ।

नेपालमा पछिल्लो २४ घण्टामा देशभर १३ संक्रमितले ज्यान गुमाएका छन् ।

यो सँगै हालसम्म कोरोनाबाट ११ हजार ३१८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । सोही समयमा देशभर ६६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार २२ जनाको पीसीआर परीक्षणमा ५३५ र १ हजार ४०४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १२७ जनामा कोरोना पुष्टि भएको छ ।यो सँगै कुल संक्रमितको संख्या ९ लाख ७ सय ४८ पुगेको छ ।

सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ७५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो ७ लाख ८४ हजार १५५ जना निको भइसकेका छन् । हाल देशभर ११ हजार ५७९ जना सक्रिय संक्रमित रहेका छन् ।

  • ३ कार्तिक २०७८, बुधबार १७:०३ प्रकाशित