पोखरा ।
आज दिनभर जसो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिनभर पानी पर्ने सम्भावना रहेकाले आज खेलकुद र हवाई क्षेत्रलगायत प्रभावित हुने विभागले जनाएको छ ।
महाशाखाले आज देशका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकाले खेलकुद, हवाई क्षेत्र, यातायात लगायतमा प्रभावित हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
महाशाखाका अनुसार देशका पहाडी भू–भागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहनुका साथै तराईका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ।














