सुडानमा रहेका ३० नेपालीलाई स्वदेश फर्काइँदै

केन्द्रभाग मिडिया

काठमाडौं ।

सुडानमा रहेका ३० नेपालीलाई स्वदेश फर्काउने तयारी भइरहेको छ ।

दुई सुरक्षा निकायबीच द्वन्द्व चलिरहेको मुलुक सुडानमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत अधिकारीबाहेक ३० जना नेपाली सम्पर्कमा आएका छन् । उनीहरूलाई स्वदेश फर्काउने तयारी भइरहेको परराष्ट्र मन्त्रालय जानकारी दिएको छ ।

द्वन्द्व चर्किंदै गएपछि अन्य मुलुकले पनि आफ्ना नागरिकहरूलाई सुरक्षित रुपमा फर्काउने प्रयास गरिरहेका छन् । नेपालले पनि नेपालीहरूलाई फर्काउन प्रयास गरिरहेको छ ।

सुडानमा रहेका नेपाली नागरिकहरूसँग निरन्तर सम्पर्कमा रही कायरोस्थित नेपाली राजदूतावासले विवरण अद्यावधिक तथा उद्धार कार्य जारी राखेको छ ।

  • १८ बैशाख २०८०, सोमबार १६:५३ प्रकाशित