काठमाडौँ ।एसीसी प्रिमियर कप अन्तर्गतको फाइनल खेल वर्षाको कारण रोकिएको छ । नेपाल र यूएईबीच भइरहेको खेल पानी परेसँगै खेल रोकिएको हो । अहिले मैदानमा कभर लगाइएको छ ।
खेल रोकिनुअघि यूएईले १६ ओभरमा ५ विकेटको क्षतिमा ६० रन बनाएको छ । नेपालका लागि करन केसीले दुई तथा सन्दीप लामिछाने, सोमपाल कामी र ललित राजवंशीले एक विकेट लिएका छन् ।