कपनकी निराको हत्यारा सार्वजनिक, लुटपाटका लागि हत्या भएको खुलासा

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौंको कपनस्थित सरस्वतीनगरमा भाँडा पसल सञ्चालन गरिरहेकी निरा पाण्डे आचार्यको हत्या गर्ने व्यक्ति पक्राउ परेका छन् ।

निराको हत्या गर्ने झापा धुलाबारीका विनोद विकलाई पक्राउ गरि प्रहरीले आज सार्वजनिक गरेको हो । विनोदले निरा पाण्डेको हत्या लुटपाट गर्ने उद्देश्यले गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले दाबी गरेको छ ।

शनिबार बेलुका झापाबाट पक्राउ परेका विकलाई निरु हत्या प्रकरणमा गठित प्रहरीको उच्चस्तरीय अनुसन्धान समितिले आइतबार पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार जडिबुटीमा साथीको कोठामा बसेका विनोद वैशाख ७ गते दिउँसो सरस्वतीनगरस्थित निरुको पसलमा भाँडा किन्ने बाहनामा छिरेका थिए ।

निरुले उनलाई भाँडा देखाउने क्रममा उनलाई पछाडिबाट छुरा प्रहार गरी ढालेको र उनको हत्या गरी उनले लगाएको सुनका गरगहना र पसलमा भएको नगद लिएर त्यहाँबाट भागेको खुलेको छ

। प्रहरीका अनुसार उनले चोरी गरेका सुनका गहना बिक्री गरेको पनि देखिएको छ । उनले हत्याका बेला लगाएका कपडा, झोला र जुत्तालगायत सामाग्रीहरु समेत भेटिएका छन् ।

  • १७ बैशाख २०८०, आईतवार १६:२५ प्रकाशित