सिन्धुलीमा कार दुर्घटनाः दुई जनाको घटनास्थलमै ज्यान गयो

केन्द्रभाग मिडिया

सिन्धुलीमा कार दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

आइतबार बिहान काठमाडौंबाट सिन्धुलीमाढी जाँदै गरेको बा ८ च ९१३५ नम्बरको रातो ग्रेटवाला कार सिन्धुलीको कमलामाई नगरपालिका–३ पिपलभञ्ज्याङ नजिकै घुम्तीमा दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रहरीको अनुसार कार चालक झापा चारपानेका ४३ वर्षीय कुमार पुरी र सिन्धुलीको कपिलाकोट घर भई हाल काठमाडौंको गौरीघाट बस्दै आएका ३८ वर्षीय सहारा प्रसाईँको घटनास्थलमै ज्यान गएको हो ।

दुर्घटनमा प्यूठानको प्यूठान नगरपालिका–८ का ३३ वर्षीय योगेन्द्र थापा गम्भीर घाइते भएको बताइएको छ । उनलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।

  • १७ बैशाख २०८०, आईतवार ११:१२ प्रकाशित