गुल्मीको रेसुंगा विमानस्थलमा ‘परीक्षण उडान’ सफल, नियमित उडानको तयारी

केन्द्रभाग मिडिया

रूपन्देही ।

गुल्मीको रेसुंगा नगरपालिकास्थित रेसुंगा विमानस्थलमा नेपाल एयरलाइन्सले शुक्रबार सफल परीक्षण उडान गरेको छ । योसँगै यहाँबाट अब अब नियमित उडान सुरु गर्ने तयारी भएको छ ।

यसअघि २०७५ र गत पुस २४ गते तारा एयरलाइन्सले परीक्षण उडान गरेको थियो । अब वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले नियमित उडान सुरु गर्ने जनाएको छ ।

आज विहान साढे ६ बजे नेपाल एयरलाइन्सको जहाज गुल्मीको रेसुंगा नगरपालिकास्थित रेसुंगा विमानस्थलमा सफल परीक्षण उडान गरेको हो । प्राविधिक टोलीसहित भएको उडानपछि नेपाल एयरलाइन्सले अब नियमित उडान अनुमति माग्ने र त्यसका साथै व्यावसायिक उडानका लागि टिकट खुला गरिने बताइएको छ।

रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थीले सातामा एउटा उडान गर्ने गरी नेपाल एयरलाइन्ससँग सम्झौता गरिएको जानकारी दिएका छन् ।

आज परीक्षण उडान सफल भएकाले अब उक्त रिपोर्ट बुझाएपछि व्यावसायिक उडानका लागि अनुमति पाउने र त्यसपछि नियमित उडान हुनेछ। नेपाल एयरलाइन्स नियमित उडान गर्न तयार रहे पनि प्रक्रिया पूरा गर्न भने बाँकी छ।

  • १५ बैशाख २०८०, शुक्रबार १०:२५ प्रकाशित