कस्तो छ आजको विदेशी मुद्रा खरिद बिक्रीदर ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज साताको अन्तिम दिन शुक्रबार डलर एकको खरिददर १३० रुपैयाँ ५६ पैसा र बिक्रीदर १३१ रुपैयाँ २५ पैसा रहेको छ ।

आज युरो एकको खरिददर १४४ रुपैयाँ ३४ र बिक्रीदर १४५ रुपैयाँ ०१ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६३ रुपैयाँ ७३ पैसा छ ।१० जापानी येनको खरिददर ९ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९ रुपैयाँ ८३ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८ रुपैयाँ ९६ पैसा छ । साउदी रियालको खरिददर ३४ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९९ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८३ पैसा र बिक्री दर ३५ रुपैयाँ ९९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ २७ पैसा र बिक्रीदर २९ रुपैयाँ ४१ पैसा रहेको छ ।

  • १५ बैशाख २०८०, शुक्रबार ०९:४२ प्रकाशित