काठमाडौं ।
इजरायल पठाइदिन्छु भन्दै मोटो रकम ठग्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ।झापाको कमल गाउँपालिका–७ घर भई काठमाडौंको कपन बस्दै आएकी ३२ वर्षीया हरीकला दाहाल मंगलबार पक्राउ परेकी हुन्।
उपत्यका अपराध अनुसन्धान कार्यालयले दाहाललाई काठमाडौंको चाबाहिलबाट पक्राउ गरेको हो।उनीमाथि वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिहरूबाट पटकपटक गरी ४८ लाख रूपैयाँ ठगी गरेको आरोप छ।














