बारा-२ मा जसपाका उपेन्द्र यादव विजयी

केन्द्रभाग मिडिया

पोखरा ।
बाराको क्षेत्र नं २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । यादव आफ्ना निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहालाई पराजित गर्दै विजयी भएका हुन् । कुशवाहालाई यादवले ५ हजार ८१ मतान्तरले पछि पार्दै विजयी भएका हुन् ।

यादवले २८ हजार चार १५ मत प्राप्त गर्दा जनमतका शिवचन्द्र कुशवाहाले २३ हजार तीन सय ३४ मत पाएका छन् । यसैगरी एमालेका पुरुषोत्तम पौडेलले १० हजार २१६ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहँदा रास्वपाका रमेश खरेलले २ हजार ८२९ मत पाएका छन् ।

पाँचौँ स्थानमा रहेका आम जनता पार्टीका अरुण ज्ञवालीले दुई हजार सात सय ३८ मत प्राप्त गरेका छन् ।

  • १३ बैशाख २०८०, बुधबार ०६:३५ प्रकाशित