सांसदले उठाएका प्रश्नहरु वेबसाइटमा राख्ने व्यवस्था गर्न डा. तोसिमाको माग

केन्द्रभाग मिडिया

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले संसदमा सांसदहरुले उठाएका प्रश्नहरु पनि वेबसाइटमा राख्ने व्यवस्था गर्न माग गरेकी छन् ।

सदनमा सांसदहरुले उठाएको प्रश्नको जवाफ सरकारले नदिएको उल्लेख गर्दै उनले ती प्रश्नहरु र त्यसको अवस्थाबारे आमनागरिकले हेर्न मिल्ने गरी वेबसाइटमा राख्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएकी हुन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद डा। कार्कीले सरकारलाई सदनप्रति र सदनलाई जनताप्रति उत्तरदायी बनाउन आवश्यक रहेको पनि बताइन् ।

  • १२ बैशाख २०८०, मंगलवार १७:०२ प्रकाशित