पोखरा ।
आजदेखि नेपाल भारत टी–२० दृष्टिविहीन महिला क्रिकेट सिरिज आजदेखि पोखरामा सुरु हुदैछ ।
नेत्रहीन क्रिकेट संघको आयोजनामा १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिता आज र भोलि (१२,१३ गते) पोखरामा र १५, १६ र १७ गते काठमाडौंको मुलपानी क्रिकेट मैदानमा हुने संघका महासचिव अमृत बरालले जानकारी दिए ।
उनका अनुसारको सिरिजको विजेताले ७५ हजार उपविजेताले ४५ हजार र प्लेयर द म्याचले ५ हजार रुपैयाँसहित ट्रफी पाउनेछन् ।नेपाली टोली भगवती भट्टराई बराल र भारतीय टोली सुष्मा पट्टेलको कप्तानीमा मैदानमा उत्रदैंछ । विगत ११ वर्षदेखि दृष्टिविहीन महिला क्रिकेट टोली सक्रिय रुपमा खेलिरहेका छन् ।