काठमाडौं ।
तनहुँ १ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य स्वर्णिम वाग्लेले तनहुँले गर्व गर्न लायक काम गर्ने प्रतिवद्धता जाहेर गरेका छन् । निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै वाग्लेले मतदाताको गुन विकास गरेर तिर्ने बताउँदै सो प्रतिवद्धता जनाएका हुन् ।
उनले भनेका छन्, ‘स्थानीयमात्र नभई देशको मुद्दासमेत उठाउनेछु, जनताले दिएको मतको गुन यहाँको विकास गरेर तिर्नेछु ।’आफूले तनहुँको मात्र नभई देश विकासका मुद्दा उठाउने उनले बताए ।













