स्वर्णिमलाई माला लगाउँदै गोविन्दले दिए बधाई

केन्द्रभाग मिडिया

तनहुँ १ को उपनिर्वाचनमा विजयी राष्ट्रिय स्वतन्त्र पार्टीकाका उम्मेदवार स्वर्णीम वाग्लेलाई सोही ठाउँका कांग्रेसका उम्मेदवार रहेका गोविन्द भट्टराईले बधाइ दिएका छन् । प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकोमा भट्टराईले माला लगाइदिदैं बधाई दिएका छन्।

रास्वपाका वाग्लेले ३४ हजार ४ सय ८० मत ल्याएर विजयी हुँदा कांग्रेसका भट्टराईले २० हजार ९२ मत ल्याएका थिए।

आज बिहान दमौलीमा वाग्लेलाई निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्रसमेत दिएको छ।उक्त कार्यक्रममा कांग्रेसका उम्मेदवार भट्टराई पनि पुगेका थिए।

  • १२ बैशाख २०८०, मंगलवार ०९:५१ प्रकाशित