बारा–२ उपनिर्वाचन : अग्रता बढाउँदै उपेन्द्र यादव

केन्द्रभाग मिडिया

बारा ।

बारा क्षेत्र नं २ मा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले अग्रता बढाउँदै लगेका छन् । पछिल्लो मतगणना परिमाणअनुसार उनले १२ हजार ११९ मत ल्याएका छन् ।

जनमत पार्टीका शिवचन्द्र कुशवाहले ७ हजार ६९३ मत ल्याउँदा एमालेका पुरुषोत्तम पौडेल ४ हजार ३२८ मतसहित तेस्रो स्थानमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कुल एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेको बारा–२ मा ६५ प्रतिशत अर्थात् ६८ हजार आठ सय ८७ मतदान भएको थियो ।

  • १२ बैशाख २०८०, मंगलवार ०९:४४ प्रकाशित