काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ठुला दलप्रति जनताले चासो देखाउन छोडेको भन्दै पार्टी सुधारेर अघि बढ्नुपर्ने बताएका छन् । आज संसद भवनमा बसेको संसदीय दलको बैठकमा पार्टी सभापति देउवाले सो बताएका हुन् ।
देउवाको भनाई उद्धृत गर्दै सांसद रामहरि खतिवडाले भने, ‘पार्टी सभापतिज्यूले अहिले देशको विषम परिस्थिति छ । यसलाई अब कसरी लैजाने रु उपनिर्वाचनले पनि ठूला पार्टीप्रति जनताको त्यत्ति चासो नभएको जस्तो छ भनेर केही कुरा राख्नुभयो । अझ पार्टीलाई सुधारेर जानुपर्ने आवश्यक्तामा जोड दिनुभएको छ ।’
देउवाले बैठकमा आगामी वर्षको बजेट कसरी ल्याउने भन्नेबारेमा पनि सांसदहरूसँग चासो राखेका छन् । सांसद खतिवडाले अहिलेको देशको आर्थिक अवस्था राम्रो नभएको र बजेट ल्याउँदा जनतासँग जोडिने खालका कार्यक्रम राख्नुपर्ने बताएको बताएका छन् ।
आज सबै सांसद बोल्ने क्रम नसकिएकाले भोलि १० बजे पनि बैठक बस्ने बताइएको छ ।













