आज युरोको भाउ बढ्यो, डलरको कति छ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार युरोको भाउ बढेको छ । आज युरो एकको खरिददर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६७ पैसा रहेको छ ।

हिजो युरो एकको खरिददर १४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १४४ रुपैयाँ १६ पैसा थियो ।आज अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६५ पैसा रहेको छ ।

आज पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६७ पैसा छ ।१० जापानी येनको खरिददर ९ रुपैयाँ ८० पैसा र बिक्रीदर ९ रुपैयाँ ८४ पैसा छ भने चिनियाँ युवानको खरिददर १९ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९ रुपैयाँ ११पैसा छ । साउदी रियालको खरिददर ३४ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३५ रुपैयाँ १० पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८६ पैसा र बिक्री दर ३६ रुपैयाँ ०२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ ५३ पैसा र बिक्रीदर २९ रुपैयाँ ६७ पैसा रहेको छ ।

  • ११ बैशाख २०८०, सोमबार ०९:४४ प्रकाशित