तनहुँ ।
प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्ले दोब्बर मतले अगाडि रहेका छन् । हिजो रातीदेखि नै सुरु भएको मतगणनामा वाग्ले सुरुवाती देखि अग्रता लिइरहको छन् ।
पछिल्लो अपडेट अुनसार वाग्लेले ७३९३ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ३२३४ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २१३४ मत पाएका छन् ।
कुन वडामा कसलाई कति मत ?
आँबु-१ (१४५८)
डा. स्वर्णिम वाग्ले- १०६५
गोविन्द भट्टराई- २७६
सर्वेन्द्र खनाल- ५४
भानु-३ (१५७४)
डा. स्वर्णिम वाग्ले-७१६
गोविन्द भट्टराई-४१८
सर्वेन्द्र खनाल- ३५१
भानु-७ (१२८१)
डा. स्वर्णिम वाग्ले-६५५
गोविन्द भट्टराई-३१२
सर्वेन्द्र खनाल-२७०
भानु-८ (१७९४)
डा. स्वर्णिम वाग्ले- ८५६
गोविन्द भट्टराई- ४५८
सर्वेन्द्र खनाल- ४३७
भानु-१० (१७५८)
डा. स्वर्णिम वाग्ले- ८४६
गोविन्द भट्टराई- ५५१
सर्वेन्द्र खनाल- ३२९
आइतबार उपनिर्वाचन भएका चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ को भने मतगणना सुरु भएको छैन ।













