तनहुँ १ : स्वर्णिम र सर्वेन्द्रले भोट हाल्न नपाउने

केन्द्रभाग मिडिया

तनहुँ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ क्षेत्र नम्बर १ को उम्मेदवार रहेका डा.स्वर्णिम वाग्ले र एमाले उम्मेदवार सर्वेन्द्रले मताधिकार प्रयोग गर्न नपाउने भएका छन् । उनीहरुको तनहुँ बाहिर मतदाता नामावली रहेकाले आफैँलाई मतदान गर्न नपाउने भएका हुन् ।

वाग्ले बिहानदेखि मतदान केन्द्रहरूको अनुगमनमा हिँडेका छन् ।उनले बिहान ७ बजे मतदान सुरु भएसँगै तनहुँको ब्यास २ स्थित सत्यवती माध्यमिक विद्यालयबाट अनुगमन सुरु भएका हुन् ।

उपनिर्वाचनमा उनीसहित तनहुँमा ११ जना उम्मेदवार रहेका छन् ।

  • १० बैशाख २०८०, आईतवार ०९:०३ प्रकाशित