काठमाडौं ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप एक जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।मन्त्रालयका अनुसार शुक्राबार मात्रै थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ८८३ नमुनामध्ये ५८१ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना र १ हजार ३०२ जनाको एन्टीजेन परीक्षण गर्दा ४२ जना गरी १०६ जनामा कोरोना संक्रमण देखिएको हो ।














