निर्वाचन हुन बाँकी १२ क्याम्पसमा त्रिविले स्ववियु निर्वाचन नगर्ने

केन्द्रभाग मिडिया

काठमाडौँ ।

चैत ५ गते तोकिएको स्ववियु निर्वाचन हुन नसकेका बाँकी क्याम्पसमा त्रिविले स्ववियु निर्वाचन नगर्ने भएको छ।

त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन हुन बाँकी उपत्यकाका ४ सहित १२ वटा आंगिक क्याम्पसहरूमा निर्वाचन गराउन नसकिने जनाएको छ ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्राध्यापक पशुपति अधिकारीले अब बाँकी कलेजमा निर्वाचन गराउन नसकिने जानकारी दिएका हुन् । नेपाल कमर्श क्याम्पस, त्रिचन्द्र क्याम्पस, रत्न राज्यलक्ष्मी ९आरआर० क्याम्पस र विश्वभाषा क्याम्पसमा स्ववियु निर्वाचन हुने सकेको छैन ।

त्यस्तै उपत्यकाबाहिरका ८ वटा आंगिक क्याम्पसमा समेत निर्वाचन हुन सकेको छैन । उपत्यका बाहिरका पृथ्वीनारायण क्याम्पस पोखरा, ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्ज लगायतका क्याम्पसमा निर्वाचन हुन सकेको छैन । सधैँ निर्वाचनको पछि लागेर बस्न सकिने अवस्था नहुने भन्दै बाँकी कलेजमा निर्वाचन गराउन नसकिने त्रिविले जनाएको छ ।

  • ८ बैशाख २०८०, शुक्रबार १४:२८ प्रकाशित