काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले विकासको योजना काटेर आफन्त पोसेको आरोप लगाएका छन् । बाराको चुनावी सभालाई आज सम्बोधन गर्दै ओलीले यस्तो आरोप लगाएका हुन् । ओलीले गठबन्धनको सरकार रहीरहे वृद्धभत्ता समेत काट्ने दाबी गरेका छन् ।
उनले भने, ‘२० वर्षमा नभएको काम तीन वर्षमा गरेका थियौं । हामीले विकासको निर्माणको कामलाई अगाडि बढाइरहेका थियौं । अब यही सरकार कायम रह्यो भने प्रहरीहरुले कपडा फेर्न पाउँदैनन् । हामीले जेष्ठ नागरिक भत्ता गरेर चार हजार पुर्याएका थियौं । अहिलेसम्म त पाउँदै हुनुहुन्छ होला यही सरकार कायम रह्यो भने केही महिनाभित्र वृद्धभत्ता नपाउने खतरा छ । यसले रोक्छ ।’













