सिरहामा प्रहरी र स्थानीयबीच झडप : २७ राउन्ड हवाईफायर

केन्द्रभाग मिडिया

सिरहा ।
सिरहामा प्रहरी र स्थानीयबीच झडप हुदाँ बजा तनावग्रस्त बनेको छ ।

नगरपालिका घेराउ गर्न पुगेका स्थानीयवासी र प्रहरीबीच झडप भएको हो। बस्न र व्यापार गर्न तत्काल व्यवस्था गरिनुपर्ने, घर भत्काउँदा भएको क्षतिको मूल्यांकन गरी क्षतिपूर्ति दिइनुपर्ने, जग्गाको लालपुर्जा दिइनुपर्ने, छानबिन गरी न्याय दिइनुपर्नेलगायत माग गर्दै हनुमान चोकबाट स्थानीय व्यापारीहरूको जुलुस साढे ११ बजे नगरपालिका कार्यालय पुगेको थियो ।

प्रदर्शनकारीहरुले आफूहरूले उठाएका विषयको जवाफ मेयर श्रवणकुमार यादवले दिनुपर्ने माग गरी नगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेका थिए । तर, मेयर यादव बाहिर नआएपछि प्रदर्शनकारी नगरपालिकाभित्र प्रवेश गर्न खोजेका थिए । प्रहरीले रोकेपछि स्थानीयले नगरपालिका कार्यालयमा ढुंगामुढा गर्न थालेपछि झडप भएको थियो ।

तनावग्रस्त भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन २७ राउन्ड हवाईफायर, ११ सेल अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ । झडपका क्रममा पाँच प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी रवीन्द्रराज पाण्डेले जानकारी दिए ।

  • ७ बैशाख २०८०, बिहीबार १६:२१ प्रकाशित