कुमारी आमाका नामले परिचित निहारिका अचेत अवस्थामा भेटिइन: विष सेवनको आशंका

केन्द्रभाग मिडिया

जनकपुरधाम ।

कुमारी आमाका नामले परिचित निहारिका राजपुत अचेत अवस्थामा भेटिएकी छिन।

निहारिका आज जनकपुरधाम उपमहानगरपालिका ४ स्थित डेरामा अचेत अवस्थामा फेला परेको बताइएको छ। स्थानीयले कोठामा छटपटाई रहेको देखेपछि प्रहरीलाई खबर गरेका हुन् । अहिले प्रहरीले उनको उद्धार गरि प्रादेशिक अस्पताल लगेको जनाइएको छ।

निहारिकालाई के भएको हो भन्ने कुरा खुल्न सकेको छैन् । एक प्रहरीका अनुसार कोठामा पुग्दा उनी खाटमै ढलेकी थिइन् । विष सेवन गरेको आशंका छ ।

स्रोतका अनुसार निहारिका र उनका श्रीमान शिवराज श्रेष्ठबीच केही दिनदेखि सम्बन्ध विग्रेको छ । त्यसैले, उनी डेरा लिएर केही दिनदेखि छोरासँग जनकपुरधाममा बस्दै आएकी थिए । विस्तृत कुरा खुल्न सकेको छैन ।

  • ७ बैशाख २०८०, बिहीबार १५:५६ प्रकाशित