अपडेट : बेलिब्रिज भाँचिदा २ जनाको ज्यान गयो, ८ घाइते, ३ बेपत्ता

केन्द्रभाग मिडिया

सुर्खेत ।

जाजरकोट र रुकुम पश्चिमको सीमानमा पर्ने नलगाड नगरपालिका ठूलीभरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिदा २ जनाको ज्यान गएको छ ।

भने ८ जना घाइते भएका छन् । यसअघि ९ जना घाईते भएको भन्ने समाचार आएकोमा पछिल्लो अपडेट अुनसार २ जनाको ज्यान गएको हो । जाजरकोट(डोल्पा सडक खण्डअन्तर्गत जाजरकोटको तल्लुबगर र रुकुम पश्चिमको आठबीसकोट जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचिदा त्यहाँ काम गरिरहेका दुई जना श्रमिकको ज्यान गएको प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

नलगाढ नगरपालिका १२ मा पर्ने उक्त पुल भाँचिएपछि अहिले उद्धारकार्य जारी छ । उक्त समयमा पुलमा हिँडिरहेका तीन जना भेरी नदीमा खसेर बेपत्ता भएका छन् भने अन्य ८ जना घाइते भएको प्रहरीले जनाएको छ ।

बेपत्ताहरूको पनि खोजीकार्य जारी रहेको बताइएको छ ।

  • ७ बैशाख २०८०, बिहीबार १५:४१ प्रकाशित