प्रचण्ड, देउवा र नेपाल चितवन जाँदै

केन्द्रभाग मिडिया

चितवन ।

उपनिर्वाचनका लागि प्रचार प्रसारको अन्तिम दिन आज सत्ता गठबन्धनका शिर्ष नेता आज चितवन र बारा गई चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।

आज पूर्वी चितवनको कालिका नगरपालिकामा हुन लागेको चुनावीसभालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल चितवन जान लागेका हुन् ।

वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको सन्दर्भमा गठबन्धनका तर्फबाट उमेदवार बनेका नेपाली कांग्रेसका जितनारायण श्रेष्ठको चुनावी सभामा कार्यकर्तालाई सम्बोधन गर्न पार्टीका प्रमुखसहित मुख्य नेता चितवन जान लागेका हुन् ।

आज दिउँसो ३ बजे कालिका नगरपालिका–४ पदमपुरस्थित क्याम्पसको फुटबल मैदानमा चार दलीय गठबन्धनले आयोजना गरेको चुनावीसभालाई सम्बोधन उनीहरुले सम्बोधन गर्नेछन् ।

त्यस्तै कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेता शेखर कोइरालालगायतका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ

  • ७ बैशाख २०८०, बिहीबार १०:३४ प्रकाशित