गण्डकीका मुख्यमन्त्री अधिकारीले शनिबार विश्वासको मत लिने

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शनिबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री अधिकारीले वैशाख ९ गते शनिबार बस्ने प्रदेश सभा बैठकमा विश्वास मत लिनेछन् ।

माओवादी केन्द्रले चैत १० गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अधिकारी सरकार अल्पमतमा परेका थियो । समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री अधिकारीले शनिबार विश्वासको मत लिन लागेका हुन् ।

शनिबार डाकिएको बैठकमा विश्वासको मत लिने विषयलाई कार्यसूचीमा समावेश गर्न भन्दै प्रदेशसभा सचिवालयमा सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहा थापाले पत्र पठाएका छन् ।

  • ७ बैशाख २०८०, बिहीबार १०:१० प्रकाशित