उपप्रधान तथा कानुनमन्त्री खड्काद्वारा पदभार ग्रहण

केन्द्रभाग मिडिया

काठमाडौँ ।

उपप्रधान तथा कानुन न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्काले पदभार ग्रहण गरेका छन् । उपप्रधानमन्त्री खड्काले बुधबार दिउँसो कानुन मन्त्रालयमा पदभार ग्रहण गरेका हुन् ।

चैत १७ मा उपप्रधानसहित रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका खड्काको बाँधमा कानुन मन्त्रालयको जिम्मेवारी पनि थपिएको छ । पदभार ग्रहण गर्ने क्रममा उपप्रधानमन्त्री खड्काले कानुन न्याय तथा संसदीय मन्त्रालयले राज्यका तीन निकायबीच समन्वय गर्ने बताए ।

संसदमा निर्वाह गर्नुपर्ने भूमिकाका लागि क्रियाशील हुनुपर्ने जिम्मेवारी पनि रहेको उनले बताए ।

  • ६ बैशाख २०८०, बुधबार १६:५९ प्रकाशित