बस र मोटरसाइकल ठोक्किँदा तीन जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

महोत्तरी ।

महोत्तरीमा बस र मोटरसाइकल ठोक्किँदा तीन जनाको ज्यान गएको छ ।

सम्सीबाट बर्दिवास हुँदै जनकपुर जाँदै गरेको बा ३ ख २३९६ नम्बरको यात्रुवाहक र पूर्वपश्चिम राजमार्गबाट गौशालातर्फ जाँदै गरेको ०१-००४ प ६८१९ नम्बरको मोटरसाइकल ठोक्किँदा तीन जनाको ज्यान गएको महोत्तरी प्रहरीले जनाएको छ ।

ज्यान जानेमा मोटरसाइकल चालक सिराहा कल्याणपुरका २६ वर्षीय अमृत मण्डल, उनकी श्रीमति २४ वर्षीया अन्जु मण्डल र भतिजी ६ वर्षीया अन्सु मण्डल रहेको प्रहरीले बताएको छ ।

  • ६ बैशाख २०८०, बुधबार १५:४३ प्रकाशित