राष्ट्रपति पौडेलको दिल्लीस्थित एम्स अस्पतालमा उपचार सुरु

केन्द्रभाग मिडिया

नयाँदिल्ली ।

छातीको संक्रमण कम नभएपछि थप उपचारका लागि आज बिहान भारत लगिएका राष्ट्रपति रामचन्द्र पौडेलको उपचार सुरु भएको जनाइएको छ ।

भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा राष्ट्रपति रामचन्द्र पौडेलको उपचार शुरु भएको हो । उनलाई बुधवार बिहान श्रीएयरको एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो ।

नेपालमा उपचार गराउँदा उल्लेख्य सुधार नभएको भन्दै परिवारका सदस्यहरु र चिकित्सकहरुले थप उपचारका लागि भारत लैजान सुझाव दिएसँगै पौडेललाई भारत लगिएको हो ।  राष्ट्रपति पौडेलसँग निजी चिकित्सक डा।निरज बम, परिवारका सदस्य र ७ जना चिकित्सकको टोली छ ।

  • ६ बैशाख २०८०, बुधबार १४:३६ प्रकाशित