काठमाडौँ ।
उपनिर्वाचनको मिति नजिकिएसँगै दलहरुले प्रचार प्रसारलाई तीव्र पारेका छन् । यसैबीच निर्वाचन आयोगले उपनिर्वाचनको प्रचार प्रसारका लागि हेलिकप्टर प्रयोग नगर्न आग्रह गरेको छ ।
साथै हेलिकप्टर सेवा प्रदायक कम्पनीलाई पनि निर्वाचनको प्रचारका लागि हेलिकप्टर प्रयोग नगर्न सचेत गराएको छ । आयोगले एक विज्ञप्ति जारी गर्दै यही वैशाख १० गते बारा, चितवन र तनहु जिल्लामा हुन लागेको निर्वाचन प्रयोजनको लागि निर्वाचन आचारसंहिता लागू भइरहेको अवस्थामा हेलिकप्टर प्रयोग गर्न नपाइने जनाएको हो ।
मंगलबार बसेको अयोगको बैठकले यसबारे निर्णय गरेको आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिएका छनु । निर्वाचन आचारसंहिता, २०७९ को दफा १४ को खण्ड (६) मा राजनीतिक दलले प्रचारप्रसारको लागि आफ्नो तर्फबाट दुईजना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनुपर्ने र आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्र हेलिकप्टर सेवा प्रयोग गर्न सक्ने व्यवस्था रहेको रहेपनि उपनिर्वाचन हुने क्षेत्रमा यातायातको सहज पहुँच भएकोले हेलिकप्टर प्रयोग नगर्न आयोगले भनेको छ ।













