मकवानपुर ।
प्रधानमन्त्री पुष्पकमल दाहालले तराई–मधेस द्रुतमार्गको निर्माणलाई तीव्रता दिन आवश्यक सम्पूर्ण नीतिगत निर्णय तत्काल गरिने बताएका छन् । मंगलबार द्रुतमार्गको निरीक्षणपश्चात प्रधानमन्त्री दाहालले तीव्र रूपमा काम भइरहेको भन्दै सन्तोष व्यक्त गरेका हुन् ।
‘हिजो मात्रै काठमाडौंमा ब्रिफिङ भएको थियो । हामी आज निरीक्षणमा आएका छौं । प्रत्यक्ष हेर्दा काम राम्रै भएको महसुस भएको छ । टनेलभित्र गएर पनि हेर्यौँ । ठूलो टनेल बन्दै छन्,’ उनले भने । कोभिडका कारण दुई वर्ष काम ढिला भएकाले अब तीव्र गतिमा काम हुने उनको भनाइ छ । ‘अब द्रुतमार्ग द्रुतगतिमै निर्माण हुने प्रक्रियामा रहेको हामीले महसुस गरेका छौं,’ उनले भने ।













