पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ८६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४६ पैसा रहेको छ ।
यस्तै आज युरो एकको खरिददर १४३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४० पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ३६ पैसा र बिक्रीदर १६३ रुपैयाँ ११ पैसा छ ।
१० जापानी येनको खरिददर ९ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९ रुपैयाँ ८१ पैसा छ भने चिनियाँ युवानको खरिददर १९ रुपैयाँ ०५ पैसा र बिक्रीदर १९ रुपैयाँ १३ पैसा छ । साउदी रियालको खरिददर ३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०५ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८४ पैसा र बिक्री दर ३६ रुपैयाँ ०० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ ५९ पैसा र बिक्रीदर २९ रुपैयाँ ७३ पैसा रहेको छ ।