काठमाडौँ ।
काठमाडौं उपत्यका सहित देशका अधिकांश भेगमा लामो समयदेखि लागिरहेको तुवाँलो अझै तीन दिनसम्म रहने सम्भवाना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल नेपालमा उच्च चापीय प्रणालीको प्रभाव रहेको छ र उक्त प्रणालीको प्रभाव अझै केही दिन वायुमण्डल स्थिर रहने देखिएको हो ।मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहने छ।
देशका गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरू र बाँकी पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ ।














