भाजपा विदेश विभाग प्रमुख चौथाइवाले आज उच्चस्तरीय भेटवार्ता गर्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले आज उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्दैछन् ।

सुदूरपश्चिम प्रदेशमा शनिबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय मानसखण्ड सम्मेलनमा भाग लिन सडकमार्ग हुँदै आइतबार धनगढी आएका चौथाइवाले सोमबार काठमाडौं आउने र राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ । काठमाडौं आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री एनपी साउद लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

भेटमा प्रधानमन्त्री प्रचण्डको निकट भविष्यमा हुने भारत भ्रमणको तयारीबारे छलफल हुने बताइएको छ ।

  • ४ बैशाख २०८०, सोमबार १०:२४ प्रकाशित