आज युरो र पाउण्डको मूल्य घट्यो, डलरको कति छ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ६७ पैसा र बिक्रीदर १३१ रुपैयाँ २७ पैसा रहेको छ ।

आज युरोको भाउ घटेको छ । आज युरो एकको खरिददर १४३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४१ पैसा रहेको छ । हिजो भने युरो एकको खरिददर १४४ रुपैयाँ ४२ पैसा बिक्रीदर १४५ रुपैयाँ ०९ पैसा थियो । यस्तै आज पाउण्डको भाउ पनि घटेको छ । आज पाउण्ड एकको खरिददर १६२ रुपैयाँ २२ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९७ पैसा छ । हिजो भने पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १६४ रुपैयाँ १९ पैसा रहेको थियो ।

१० जापानी येनको खरिददर ९ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९ रुपैयाँ ८१ पैसा छ भने चिनियाँ युवानको खरिददर १९ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९ रुपैयाँ १० पैसा छ । साउदी रियालको खरिददर ३४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०० पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ६७ पैसा र बिक्री दर ३५ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ ६८ पैसा र बिक्रीदर २९ रुपैयाँ ८२ पैसा रहेको छ ।

 

  • ४ बैशाख २०८०, सोमबार १०:०८ प्रकाशित