बाक्लो तुवाँलोका कारण पोखरासहित तीन आन्तरिक गन्तव्यमा पूर्ण रूपमा प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) का अनुसार पोखरा, भरतपुर र तुम्लिङटारको उडान प्रभावित भएको हो ।
काठमाडौँको मौसम उडानयोग्य भए पनि अवतरण गर्ने पोखरा, भरतपुर र तुम्लिङटारको भिजिबिलिटी कम भएकाले उडान गर्न नसकिएको टीआएको एटीसी टावरले जानकारी दिएको छ ।
टीआईएको सेडुलअनुसार आज आन्तरिक उडानतर्फ ११५ उडान रहेका छन् ।














