काठमाडौँ ।
पुलिस रिपोर्ट लिने ‘अनलाइन प्रहरी चारित्रिक प्रमाण–पत्र प्रणाली’मा समस्या आएको छ । शनिवारदेखि नै आएको समस्या समाधान हुन सकेको छैन ।
सिस्टम अपग्रेट गर्ने क्रममा प्राविधिक समस्या आएको प्रहरीले सूचनामार्फत जानकारी दिएको छ । आज (आइतबार)साँझसम्म समाधान हुने जनाइएको छ।
नेटवर्किङमा आएको समस्याले ट्राफिक नियम उल्लङ्घन जरिवाना भुक्तानी प्रणालीमा पनि समस्या देखिएको छ ।















