पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज (बिहीबार)अमेरिक डलर एकको खरिददर १३१ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६३ पैसा रहेको छ ।
यस्तै आज युरो एकको खरिददर १४३ रुपैयाँ २२ पैसा बिक्रीदर १४३ रुपैयाँ ८७ पैसा छ । पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ७० पैसा र बिक्रीदर १६३ रुपैयाँ ४४ पैसा रहेको छ ।
१० जापानी येनको खरिददर ९ रुपैयाँ ८० पैसा र बिक्रीदर ९ रुपैयाँ ८५ पैसा छ भने चिनियाँ युवानको खरिददर १९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १९ रुपैयाँ १२ पैसा छ । साउदी रियालको खरिददर ३४ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०९ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८९ पैसा र बिक्री दर ३६ रुपैयाँ ०५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ ७० पैसा र बिक्रीदर २९ रुपैयाँ ८३ पैसा रहेको छ ।