प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन बारको माग : १० दिनभित्र नबढाए आन्दोलनको चेतावनी

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल बार एशोसिएसनले अबको दशदिनभित्र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन माग गरेको छ । नबढे आन्दोलन गर्ने बारले चेतावनी दिएको छ ।

बारले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रधानन्यायाधीश नियुक्तिका बिषयमा बिहीबार प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने र दशदिनभित्र नियुक्ति प्रक्रिया अघि नवढे आन्दोलन गर्ने जनाएको हो ।

पत्रकार सम्मेलनमा नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायपालिका नेतृत्वबिहीन भएको एक वर्षसम्म पनि प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि नवढेको भन्दै अब बार चुप लागेर नबस्ने बताए ।

उनले व्यवस्थापिका र कार्यपालिकाले सर्वोच्च लगाएतका न्यापालिकालाई हेपेको बारको ठहर रहेको जिकिर गरे । उनले सात देखि १० दिन सम्म प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि नवढे आन्दोलनका कार्यक्रम सार्वजनिक गरेर अघि बढ्ने स्पष्ट पारे ।

  • २९ चैत्र २०७९, बुधबार १६:१३ प्रकाशित