पोखरा ।
पूर्वअर्थसचिव रामेश्वर खनालले देशमा माओवादी सखाप नपारे नेपालीको जीवन सुखी नहुने जिकिर गरेका छन्।
सामाजिक सञ्जाल ट्वीटरमा बहसको सुरूवात गर्दै तात्कालीन नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा आर्थिक सल्लाहकार रहेका खनालले माओवादीको नाटक लामो भएकाले अब सकिनुपर्ने बताएका छन् ।
‘यो माओवादी पार्टी कति वर्षमा सकिएला ? कसैको अनुमान रु नाटक अली लामै भयो त,’ खनालले भनेका छन्। उनले माओवदी कहिले सकिएला भन्ने विषयमा कसैको अनुमान भए त्यो पनि भन्न सुझाएका छन् ।
खनालले आफ्नै प्रश्नको जवाफमा भैरहेको बहसमा सहभागी हुँदै फेरि अब माओवादी समाप्त नपार्ने हो भने उसले विकासका सारा काम रोक्ने बताएका छन्। ‘राजा फर्कन त गाह्रो छ। चाहना राख्नु अलग कुरा हो।
प्रति व्यक्ति आम्दानी एक वित्ता मात्र बढे पनि माओवादी सखाप हुन्थे। माओवादी सखाप नपारे नेपालीको जीवन सुखी हुने देख्दिन म त। डर के हो भने आफू सकिने अनुमानले विकासका सारा काम रोक्ने माओवादी षडयन्त्र हुन सक्छ १,’ खनालको भनाई छ ।