पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज (बिहीबार) डलरको भाउ घटेको छ । आज डलर एकको खरिददर १३० रुपैयाँ ९१ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५१ पैसा रहेको छ । हिजो डलर एकको खरिददर १३१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ०४ पैसा थियो ।
आज युरोको एकको खरिददर १४३ रुपैयाँ २२ पैसा र बिक्रीदर १४३ रुपैयाँ ८७ पैसा रहेको छ । यस्तै आज पाउण्ड एकको खरिददर १६३ रुपैयाँ १७ पैसा र बिक्रीदर १६३ रुपैयाँ ९१ पैसा रहेको छ ।
१० जापानी येनको खरिददर ९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९ रुपैयाँ ९९ पैसा छ भने चिनियाँ युवानको खरिददर १९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १९ रुपैयाँ १२ पैसा छ । साउदी रियालको खरिददर ३५ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३५ रुपैयाँ २० पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८१ पैसा र बिक्री दर ३५ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ ७६ पैसा र बिक्रीदर २९ रुपैयाँ ९० पैसा रहेको छ ।