मेयरको सत्तामा एसइई परीक्षा दिने नक्कली विद्यार्थी पक्राउ

केन्द्रभाग मिडिया

symbolic picture

जनकपुरधाम ।

रौतहटमा एसईई परीक्षा दिँदै गरेका एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् । देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको ठाउँमा परीक्षा दिइरहेका कमल साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

कमल नाताले मेयर कानुका ज्वाई पर्ने खुल्न आएको छ । उनी इन्जिनिरसमेत रहेको बताइएको छ।मौलापुर नगरपालिकाको लक्ष्मिनियाँ मावि केन्द्रबाट कमललाई नियन्त्रणमा लिइएको हो । उनी गरुडा नगरपालिका-६ का हुन् ।

मेयर कानुको सिम्बल नम्बर ३५०३७२८ रहेको छ । गणित विषयको परीक्षा दिइरहेका बेला प्रवेशपत्रसहित पक्राउ परेका साह अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् ।

  • १९ चैत्र २०७९, आईतवार १५:३५ प्रकाशित