साताको पहिलो दिन आज कुन देशको मुद्रादर कति छ ?(सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर साताको पहिलो दिन आज (आइतबार) अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ १७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७७ पैसा रहेको छ ।

पाउण्ड एकको खरिददर १६२ रुपैयाँ २२ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९६ पैसा रहेको छ । आज युरो एकको खरिददर १४२ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४२ पैसा रहेको छ ।

१० जापानी येनको खरिददर ९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९ रुपैयाँ ८८ पैसा छ भने चिनियाँ युवानको खरिददर १९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १९ रुपैयाँ १७ पैसा छ । साउदी रियालको खरिददर ३४ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३५ रुपैयाँ १० पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८९ पैसा र बिक्री दर ३६ रुपैयाँ ०५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ ७३ पैसा र बिक्रीदर २९ रुपैयाँ ८६ पैसा रहेको छ ।

  • १९ चैत्र २०७९, आईतवार ०९:४५ प्रकाशित