कर्णालीका मुख्यमन्त्री शर्मालाई कांग्रेस र एमालेले विश्वासको मत दिने

केन्द्रभाग मिडिया

सुर्खेत ।

नेपाली कांग्रेस र नेकपा एमालेले कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत दिने भएका छन् । केन्द्रमा कांग्रेससहितको गठबन्धन सरकार बनेसँगै प्रदेशमा पनि सोही अनुसार अघि बढ्ने निर्णयसहित कांग्रेसले विश्वासको मत दिने भएको हो । यस्तै एमालेले पनि शर्मालाई विश्वासको मत दिने निर्णय गरेको छ ।

संसद् बैठक सुरु हुनु अघि बसेको कांग्रेस कार्य सम्पादन समितिको बैठकले शर्माले मागेको विश्वासको मतको पक्षमा मत दिने निर्णय गरेको थियो ।

२७ पुसमा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका माओवादी संसदीय दलका नेता शर्माले ६ माघमा पहिलो पटक विश्वासको मत लिएका थिए । त्यो बेला कांग्रेसले भने विश्वासको मत दिएको थिए । विकसित राजनीतिक घटनाक्रम अनुसार अब कांग्रेस प्रदेश सरकारमा सहभागिता जनाउने निश्चित जस्तै छ भने एमाले सरकारबाट बाहिरिने देखिन्छ ।

  • १७ चैत्र २०७९, शुक्रबार १७:२२ प्रकाशित