जनकपुरधाम ।
बारामा एसईई परीक्षा सुरू भएलगत्तै अंग्रेजी विषयको प्रश्नपत्र आउट भएको छ ।
आदर्श कोतवाल गाउँपालिकामा पर्ने महेन्द्र आदर्श जयनगर च्यूटाँहा माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट प्रश्नपत्र फेसबुकबाट आउट भएको हो । प्रश्नपत्र कसले आउट गरेको विषयमा केही खुल्न सकेको छैन ।
बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले पनि प्रश्नपत्र आउट भएको जानकारी पाएको बताए ।केन्द्राध्यक्ष र गार्ड बसेका शिक्षकहरूको लापरबाहीले सामाजिक सञ्जालमार्फत परीक्षार्थीले नै प्रश्नपत्र आउट गरेको हुनसक्ने भन्दै आलोचना भएको छ ।















